देउखुरीमा टयाक्टर र मोटरसाइकल एक आपसमा ठाेक्किदा १ जनाको मृत्यु, १ जना घाइते



देउखुरीमा टयाक्टर र मोटरसाइकल एक आपसमा ठाेक्किदा १ जनाको मृत्यु, १ जना घाइते

गढवा २५ बैशाख । ट्याक्टर र मोटरसाइकल ठाेक्किदा  देउखुरीमा  एक जनाको मृत्यु भएको छ । भने आर्का एक जना घाइते भएका छन् । गढवा गाउँपालिका वडा नम्बर ७ बालापुरमा पश्चिमबाट पूर्वतर्फ आइरहेको रा १ त २४५० नम्बरको ट्याक्टर र पूर्वबाट पश्चिमतर्फ गैरहेको रा ५ प २०९८ नम्बरको मोटरसाइकल एक आपसमा  ठाेक्किदा मोटरसाइकलमा सवार गढवा–६ घोराहा निवासी ६० बर्षिय तिखाराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक गढवा–७ मानपुर निवासी ४८ बर्षिय चुडामणी पौडेल घाइते भएका छन । पौडेलको हातमा गम्भीर चोट लागेको छ । घाइते पाैडेललाई लमही अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि घोराही लगिएको छ । ठक्कर दिने ट्याक्टर र चालक दुबै प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे