घोराही उपमहानगरले प्रतिष्ठान सँग मिलेर कोरोना संक्रमितको उपचार गर्न सुरु



घोराही उपमहानगरले प्रतिष्ठान सँग मिलेर कोरोना संक्रमितको उपचार गर्न सुरु

घोराही २१ बैशाख ।  घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सँग समन्वय गरेर कोरोना संक्रमित बिरामीको उपचार थालेको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको निणर्य अनुसार घोराही उपमहानगरपालिकाले ४० अक्सिजन सहितको बेड बनाउने निणर्य अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानसँगको सहकार्यमा विरामीको उपचार थालेको हो ।

प्रतिष्ठानमा अहिले २५ बेड बनिसकेको छ भने अन्य वेड निर्माणको काम भैरहेको प्रतिष्ठानका प्रशासन म्यानेजर राजेन्द्र न्यौपानेले जानकारी दिए । प्रतिष्ठानमा अहिले २६ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । यसैविच घोराही उपमहानगरपालिकाले प्रतिष्ठानलाई १० लाख रुपैयाँ उपलब्ध गराएको छ । बेड निर्माण, अक्सिजन तथा उपचारका लागि तत्कालका लागि १० लाख रुपैयाँ हस्तान्तरण गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

यसैगरी, प्रतिष्ठानमा थप स्वास्थ्यकर्मी समेत उपमहानगरले पठाउने तयारी गरेको छ । प्रतिष्ठानले माग गरे अनुसारको नगरबाट स्वास्थ्यकर्मी समेत पठाउने तयारी गरेको नगर प्रमुख चौधरीको भनाई छ । नयाँ स्थानमा आइसोलेशन बनाउनु भन्दा प्रतिष्ठान मै बेड थप गरेर विरामीको उपचारमा सहज हुने भएपछि यो निणर्य लिईएको प्रमुख चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे