कोरोनाबाट दाङमा मृत्युदर बढ्यो, आज १० संक्रमितको मृत्यु



कोरोनाबाट दाङमा मृत्युदर बढ्यो, आज १० संक्रमितको मृत्यु

दाङ २१ बैशाख । दाङमा कोरोना संक्रमण बढ्दै जाँदा मृत्युदर पनि बढेको छ । मंगलबार दाङमा १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १० जना संक्रमितको मृत्युभएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही सहित बुटवल, नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा ति एक सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साथै वितेको २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्युभएको छ । जस अनुसार घोराहीका ५, तुलसीपुरका ३ र शान्तिनगरका २ जना रहेका केन्द्रका सूचना व्यवस्थापन अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिएका छन ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ का १ जना, वडा नम्बर १३ का २ जना, वडा नम्बर १५ का १ जना र वडा नम्बर १७ का १ जनाको उपचारकै क्रममा मृत्युभएको हो । यसैगरी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, १५ र १७ का एक एक जना, शान्तिनगर गाउँपालिकाका २ जना संक्रमितको मृत्युभएको अधिकृत अर्यालले बताउनुभयो । यो सँगै यो बैशाख महिनामा मात्रै कोरोना संक्रमणबाट ३९ जनाको मृत्युभएको छ ।

बैशाखको २१ दिनमा १८ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लाभर अहिले १४ सय ३ जना संकृय बिरामी छन् । यसैबिच आज एक सय ९६ जनाले कोरोनालाई जितेका छन् । अहिले १३ सय २२ जना संक्रमित घरकै आइसोलेशनमा बसेका छन भने ८१ जना आईसियु र अक्सिजन सहितको बेडमा उपचाररत रहेको केन्द्रले जनाएको छ ।

कोरोना बिषेश अस्पताल बेलझुण्डिमा ५० जना उपचाररत रहेका छन भने राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २६ जना बिरामी भर्ना भएका छन् । कोरोना संक्रमणबाट अहिले सम्म जिल्लामा मृत्यु हुनेको संख्या ८९ जना पुगेको छ । अहिले सम्म जिल्लामा ५ हजार २ सय १८ जना कोरोनाबाट संक्रमित भएका छन भने निको हुनेको संख्या ३ हजार ८ सय ९६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे