आज देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह



आज देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ, बैशाख १९। अहिले देशभर पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ । मौसमपूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले वागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्गर हावाहुरी सहित बर्षा भएको छ ।

आज दिनभरिनै मौसम बद्ली हुने र केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ। वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ।

त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना माहाशाखले जारी गरेको बुलेटिनमा जनाएको छ ।साथै पानी पर्ने स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसमेत लाग्ने भएकाले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे