तुलसीपुरमा कारभित्र भेटिएका ३ जनाको शवको पहिचान खुल्यो



तुलसीपुरमा कारभित्र भेटिएका ३ जनाको शवको पहिचान खुल्यो

दाङ, बौशाख १९ । दाङमा पार्किङ गरेर राखेको भारतीय कारमा फला परेका ३ जनाको शवको पहिचान भएको छ। शनिबार साँझ साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित स्याउली बजारमा पार्र्किङ गरेर राखिएको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन वटा शव फेला परेको थियो।

उनीहरु सोही ठाउँका ३ जना बालक रहेको प्रहरीले जानकारी दिएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि सिवबहादुर सिंहका अनुसार मृत फेला पर्नेमा भिम बहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्न परियार र किरण परियारका वर्ष ७ कै करण परियार रहेका छन् । उनीहरु ४ दिन अघि बैशाख १६ गते घरबाट बेपत्ता भएका थिए ।

तीन जनाका बालकको शवलाई अहिले तुलसीपुर स्थित राप्ती प्रादेशि अस्पतालको शवदाह गृहमा राखिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपि सिंहले बताउनुभयो। अनुसन्धानका लागि नेपालगन्जबाट तालिम प्राप्त कुकुर समेत लिइएको छ। कार ३ महिना अघि पार्किङ गरेर राखिएको थियो । जसमा बालकको शव भेटिनुलाई रहस्यमय रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे