दाङमा आज बिहान देखि लकडाउन शुरू



दाङमा आज बिहान देखि लकडाउन शुरू
भालुवाङ १७ बैशाख । दाङमा आज (शुक्रवार) बिहान देखि लकडाउन सुरु भएको छ । कोरोना माहामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागी जिल्लाभर लकडाउनको घोषणा गरिएको छ । जिल्लामा आज विहान छ बजेदेखी आउँदो बैशाख २५ गते बेलुकी छ बजे सम्म लकडाउनको घोषणा गरिएको छ ।
लकडाउनको अवधीभर खाद्यन्नका लागी दैनिक विहान पसल खुला हुनेछन् । जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको मापदण्ड अनुसार अति आबश्यक सेवा बाहेक अन्य सवै कार्यालय, बैंक, वित्तिय संस्था सवै बन्द हुनेछन् ।
यस्तै अति आबश्यक सवारी साधन सन्चालनका लागी प्रशासनबाट अनुमति लिनुपर्ने छ । पुर्व पश्चिम राजमार्ग भएर सन्चालन हुने गाडीले कुनै यात्रु चढाउन र ओराल्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । यस पटक भने विगतको जस्तो लापरवाही गर्नेलाई कारवाही गरिने भएको छ ।
विगतमा अटेरी गदै लकडाउनको उल्लङघन गर्ने प्रबृत्ति बढेको भन्दै यसपटक कडाई गरिने भएको छ । अटेरी गरी लकडाउनको उल्लङघन गर्ने जो सुकैलाई पनि संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे