काठमाण्डाै उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द



काठमाण्डाै उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द

काठमाण्डाै १२ बैशाख । काठमाण्डाै उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।  काठमाण्डाै, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने शान्ति, सुरक्षा र मुद्दाबाहेकका सेवा साेमवार (भोलि) देखि बन्द गर्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

यस्तै मालपोत, यातायात लगायत भिडभाड हुने कार्यालयमा पनि आलोपालो गरी समय बढाएर कम भिड हुने गरी सेवा प्रदान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।  अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरूले अनावश्यक भिडभाड नगरि जनस्वास्थ्य मापदण्डहरूको पूर्ण पालना गर्दै अनिवार्य रूपमा मास्क लगाएर मात्रै कार्यालय प्रवेश गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे