दाङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु



दाङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

दाङ १२ बैशाख। दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ५७ वर्षीय पुरुषको आज विहान सवा ११ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

उनलाई बैशाख २ गते कोरोना पुष्टि भएको थियो। सोही दिनदेखि उनी आइसियु कक्षमा भर्ना गरिएकोमा आज विहान उपचारका क्रममा मृत्यु भएको वलीले बताए । यससँगै दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ भने कोरोना विशेष अस्पताल वेलझुडीमा मात्र ११ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे