देउखुरी मनिकापुरका अग्नी पिडितलाई राहात वितरण



देउखुरी मनिकापुरका अग्नी पिडितलाई राहात वितरण

गढवा ७ वैशाख । गढवा ६ मनिकापुरका अग्निी पिडितहरुलाई मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) गढवा गाउँपालिका संगठन कमिटीले राहात सहयोग गरेको छ । पार्टीका जिल्ला सदस्य एवं गढवाका अध्यक्ष बाबुराम अधिकारी, जिल्ला सदस्यहरु मधा न्यौपाने, खिमबहादुर बुढामगर, मोहन बुढा, मक्बुल अलिमिया, युवा संघ नेपालका सन्दिप अधिकारी, नसिम अहमद र रमेश बाँठा लगायतको टोलीले पिढीतको घरमा पुगी १३ हजार राहात प्रदान गरेको हो ।

पार्टीले बुधवार २२ हजार बराबरका लत्ता कपडा प्रदान गर्ने तयारी गरेको जिल्ला सदस्य खिमबहादुर बुढामगरले जानकारी दिएका छन् । सोमवार गढवा ६ मनिकापुरमा आगलागी हुँदा २ घर र २ गोठ जलेर पुर्ण क्षति भएका थिए । स्थानीय शोभाराम घर्तीमगर, हेमबहादुर घर्तीमगर, खिमबहादुर घर्तीमगर र कमल घर्ती मगरको घर तथा गोठमा आगलागी भएको थियो ।

आगलागी भएपछि तत्काल इलाका प्रहरी, गढवा गाउँपालिकाको दमकल र स्थानीय बासिन्दाहरुद्धारा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट निजहरुको घरमा रहेको खाद्यान्न, लत्ता कपडा, फर्निचर, गरगहना र नगद सहित ९ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे