देउखुरी उद्योग वाणिज्य संघ कार्यालय सचिव बिहिन, कार्यसम्पादनमा समस्या



देउखुरी उद्योग वाणिज्य संघ कार्यालय सचिव बिहिन, कार्यसम्पादनमा समस्या

देउखुरी ७ बैशाख । देउखुरी उद्योग बाणिज्य संघ लमही अहिले कार्यालय सचिव  बिहिन भएको छ । उद्योग बाणिज्य संघबाट गत चैत्र ३० गतेदेखि कार्यालय सचिव भेषराज भट्टराईले राजिनामा दिएपछि उद्योग बाणिज्य संघ कार्यालय सचिव  बिहीन भएको हाे ।

सचिव नहुँदा कार्यालयकाे लेखाकाे सम्पूर्ण कामकाज, चिठीपत्र, सिफारिस लगायत अन्य काम ठप्प भएको छ । जस्ले गर्दा सेवाग्राही मर्कामा परेका हुन् । व्यापारीहरूकाे छातासंगठन भनेको बाणिज्य संघ हाे । तर, संघमै कर्मचारी नहुदा दिनहुँ सेवाग्राही फर्केर जानु परेको व्यापारीहरूले गुनासो पाेखेका छन् ।

यता देउखुरी उद्योग बाणिज्य संघ लमहीमा एम्बुलेन्स चालक नहुदा संघकाे एम्बुलेन्स थन्किएको छ । चालक अबिक राेका मगरले गत चैत तिसगते देखि संघकाे एम्बुलेन्स आउँदा दिनहरूबाट नचलाउने भनी छाडेका हुन् । चालकले छाडे देखि बैशाख दुईगतेबाट संघकाे एम्बुलेन्स त्यतिकै कार्यालयमा थन्किएको छ ।

यता देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले कार्यालय सचिवले राजिनामा दिए लगत्तै कर्मचारी आवश्यकता सम्बन्धि सुचना प्रकाशित गरिएको जानकारी दिदै, हाल कार्यालय सचिवले गर्ने कामकाज कार्यालय सहयोगी खुमबहादुर रावतले गर्दै आएकाे जानकारी दिनुभयो । उहाँले सबै प्रक्रिया पुर्‍याएर केहिदिन मै कार्यालय सचिव राख्छाै । अहिले कार्यालयमा कार्यालय सहयोगी खुमबहादुर रावतलाई बढुवा गरी सहायक व्यवस्थापक रूपमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे