माओवादी केन्द्रको बैठक स्थगित



माओवादी केन्द्रको बैठक स्थगित

काठमाण्डाै ६ बैशाख । नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सरकारले आजदेखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित भएको उनले जानकारी दिए ।

विकसित राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग शीर्ष नेतृत्वको छलफलपछि सम्भवतः मङ्गलवार स्थायी समिति बैठक बस्ने उनले भने । समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे