दाङका ६ स्थानीयतह दमकल बिहिन, आगलागी हुँदा बाहिरबाट दमकल मगाउनुपर्ने बाध्यता



दाङका ६ स्थानीयतह दमकल बिहिन, आगलागी हुँदा बाहिरबाट दमकल मगाउनुपर्ने बाध्यता

दाङ ६ वैशाख । दाङका १० स्थानीय तहमध्ये तीनवटा स्थानीय तहका मात्रै दमकल छन् । अन्य ७ स्थानीय तह दमकल विहीन छन् । यदि आफ्नो स्थानीय तहभित्र आगलागी भएमा वाहिरबाट दमकल लैजानुपर्ने वाध्यता छ ।

घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, गढवा गाउँपालिका  र लमही नगरपालिकामा मात्रै दमकल रहेको छ । जसमध्ये घोराही उपमहानगरपालिकामा दुई वटा, तुलसीपुर उपमहानगरपालिकामा एउटा,गढवा गाउँपालिकामा एउटा  र लमही नगरपालिकामा दुई वटा छन् । बाँकी दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका,  बंगलाचुली गाउँपालिका, बबई गाउँपालिका र राप्ती गाउँपालिकामा दमकल छैनन् ।

तुलसीपुर उपमहानगरपालिकामा एउटा दमकल भएको तुलसीपुर उपमहानगर उपप्रमुख माया आर्चायले बताइन् । उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाको दमकलले दंगीशरण गाउँपालिका, बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकालाई समेत उपलब्ध गराउनुपर्ने अवस्था रहेको छ । तर सम्बन्धीत पालिकाले दमकल आवश्यक भएपनि आर्थिक समस्या देखाउँदै टार्ने गरेका छन् ।

त्यस्तै, घोराही उपमहानगरपालिकामा दुइवटा दमकल रहेको छ । अरु नयाँ दमकल थप्ने सोच नरहेको नगरप्रमुख नरुलाल चौधरीले बताए । लमही नगरपालिकामा दुइवटा दमकल छन् । एउटा नगर विकास समितीमा र एउटा नगरपालिकामा रहेको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे