देउखुरीका ८० बढी सामुदायिक वनहरु निष्कृय



देउखुरीका ८० बढी सामुदायिक वनहरु निष्कृय

लमही २९ चैत्र । देउखुरीका ८०  भन्दा बढी सामुदायिक वनहरु निष्कृय रहेका  छन् । वन प्रति स्थानीयबासीहरुकाे रुची तथा चाँसाे घट्दै जान थालेपछि यस्ताे भएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ ।

नेतृत्व लिन मरिहत्ने गर्ने तर पद लिएपछि सम्पर्कमा नै नआउने प्रविधी हाबी भएकाले तथा सामुदायिक वनमा रकम नभएकोले पनि यस्ताे अबस्था आएकाे वनकर्मीले बताउने गरेका छन् ।

देउखुरी क्षेत्रमा मात्र कुल १ सय ४८ वटा सामुदायिक बन रहेका छन् । जसमा ८० वटा भन्दा बढी सामुदायिक वनहरु निष्कृय रहेकाे डिभिजन वन कार्यालय लमहीका  सुचना अधिकारी प्रेमीलाल प्रसादले भने । लमही नगरपालिका र राप्ती गाउँपालिकामा रहेका सामुदायिक वनमा यस्ताे समस्या धेरै रहेकाे छ ।

राजपुर गाउँपालिकामा पनि छ तर कम छ उनले भने । कतिपय सामुदायिक वनहरु सम्पर्कमा नआउने गरेकाे उनको भनाइ छ। ८० वटा वनहरु मध्ये अहिले ४०, ५० वटा वनहरु मात्र सक्रिय रहेकाे पनि उनले बताए ।

यस्तै सबडिभिजन वन कार्यालय मातहतका कुल २९ वटा सामुदायिक वनहरु छन् । त्यहाँ पनि चार पाँच वटा सामुदायिक वन निश्कृय रहेकाे वनका अधिकृत छाेटेलाल चाैधरीले बताए । उनका अनुसार हसनापुर महिला सामुदायिक वन सतबरिया, अर्जुन सामुदायिक वन सतबरिया, भवानी सामुदायिक वन नर्ती र नागेश्वर सामुदायिक वनहरु निश्कृय रहेकाे अधिकृत चाैधरीकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे