राप्ती गाउँपालिकाकाे ६ र ७ नम्बर वडामा सामुहिक खेती सुरु



राप्ती गाउँपालिकाकाे ६ र ७ नम्बर वडामा सामुहिक खेती सुरु

भालुवाङ ११ चैत्र । राप्ती गाउँपालिकामा रहेका कृषकहरु सामुहिक खेती गर्न सुरु गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ७ मा रहेकाे सिद्धेश्वरी कृषक समुहले पछिल्लो समय ९ कट्ठामा सामुहिक खेतीलाई अघि बढाएको छ । थोरै थोरै जग्गा भएका कृषकहरु मिलेर जग्गा भाडामा लिई सामुहिक रुपमा मकैै खेती गर्न सुरु गरेकाे समुहका अध्यक्ष कर्णबहादुर ज्ञवालीले बताए ।

त्यस्तै वडा नम्बर ६ मा रहेको नवप्रतिभा कृषक सहकारी संस्था बगरापुरले पनि सामुहिक खेतीलाई अघि बढाएको धेरै समय भएको छ । गरिव विपन्न, मुक्त कमैया लगायतको सहभागितामा कृषक सहकारी स्थापना गरि पछिल्लो समय आलु खेती गरिएको थियो । सामुहिक खेती गर्दा र जग्गा चक्ला बन्दी गरि खेती गर्दा उत्पादन खर्च कम लाग्न जाने हुदा आम्दानीमा बृद्धि हुने नवप्रतिभा कृषक सहकारी संस्थाका अध्यक्ष प्रेमलाल चौधरीको भनाई छ । नवप्रतिभा कृषक सहकारी संस्था बगरापुरले विधान  प्रस्तावना समेत दर्ता गरि कृषि ज्ञान केन्द्र घोराहीबाट ५ लाख रुपैयाँको अनुदान समेत प्राप्त गर्न सफल भएको छ ।

टिपीयस आलुको बीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानमा सहकारीले मन्ग्य आलुका बीउ उत्पादन समेत गरेको छ । बुधबार टिपीयस आलुको बीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानको सामाजिक लेखा परिक्षण समेत सहकारी संस्थाले सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र घोराहीका प्रमुख बुद्धिराज घिमिरे, बागवानी कृषि अधिकृत बालकृष्ण शाह, राप्ती गाउँपालिका कृषि शाखा प्रमुख महेश अधिकारी, कृषि अधिकृत अनील अधिकारी स्थानिय जनप्रतिनिधि, जागरिक माझ सामाजिक लेखा परिक्षण गरिएको हो ।

टिपीयस आलुको विउ उत्पादनका लागि ६ विघा जग्गा भाडामा लिई खेती गरिएको र सो खेतीका लागि टेलर पावर, स्प्रे टंकी, कोदाली, कुटो, क्यारेट बोरा, विषादी, मल लगायत खरिद गरिएको सामाजिक लेखा परिक्षणमा बताईएको छ । राप्ती गाउँपालिकामा मात्र स्थानिय सरकार स्थापना एवं कृषि शाखा आए पश्चात ३१ वटा कृषक समुह दर्ता भएको प्रविधिक बरसाती गडरियाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे