LISTEN LIVE RADIO

मजगाउँमा ९ करोड ९८ लाखको लागतमा नयाँ खानेपानी आयोजना निर्माण सुरु



मजगाउँमा ९ करोड ९८ लाखको लागतमा नयाँ खानेपानी आयोजना निर्माण सुरु
लमही ११ चैत्र । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले लमही नगरपालिका ३ मजगाउँमा खानेपानी आयोजनाको आज शिलन्यास तथा भुमि पुजन गरेको छ । जसको आजैबाट निर्माण कार्य सुरु भएको जनाएको छ ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको संयुक्त लगानीमा लमही नगरपालिका वडा नम्बर ३ मजगाउँमा  खानेपानी आयोजनाको आज शिलन्यास तथा भुमि पुजन गरिएकाे हाे । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगन्ज कार्यालयका प्रमुख मनिसकुमार राजले खानेपानी आयोजना २ बर्ष भित्र सम्पन्न हुने र गुणस्तरीय काम भए नभएको वारेमा अनुगमन गरिने बताए । ९ करोड ९८ लाखको लागतमा खानेपानी आयोजना सञ्चालनमा आउने छ । लमही–३ र ४ नम्बर वडाका उपभोक्तालाई खानेपानी सुविधा पु¥याउने लक्ष छ ।
समितिका अध्यक्ष दन्डीराम चौधरीको अध्यक्ष्यता एवम् लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यता र आयोजना प्रमुख मनिस कुमार राजको बिसिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमा बाेल्दै लुम्बिनी प्रदेश सभा सदस्य शर्माले स्वच्छ खानेपानी उपभोग गर्न पाउने सबै नागरिकको समान अधिकार भएको बताएका छन् । उनले सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानी पु¥याउन ठूला र मझौला तथा साना खानेपानीका आयोजना सञ्चालन गरिरहेको बताएका हुन् ।
‘विकट गाउँको नागरिक र सुगम बजारको नागरिकको अधिकार समान हो । सरकारले विकट बस्तीका नागरिकलाई प्राथमिकतामा राखेर आयोजना सञ्चालन गर्नुपर्छ’उनले भने–‘प्रदेश सरकारले एक घर एक धाराको अभियानलाई मुख्य कार्यक्रमको रुपमा अघि बढाएको छ ।’ संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगन्ज कार्यालयका प्रमुख मनिसकुमार राजले खानेपानी आयोजना २ बर्ष भित्र सम्पन्न हुने र गुणस्तरीय काम भए नभएको वारेमा अनुगमन गरिने बताए ।
लमही नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बाबुराम चौधरीले सबैलाई स्वच्छ खानेपानी पु¥याउने ग्यारेन्टी सरकारले गर्ने बताए । लमही नगरपालिका वडा नं. ५ का अध्यक्ष तथा खानेपानी संस्थाका कानुनी सल्लाहकार बिमबहादुर केसीले खानेपानीको स्रोतको संरक्षण गर्दै मितव्ययी उपभोगमा ध्यान दिन आग्रह गरे ।
नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटी सदस्य नारायण डिसी छम्पालीले विकास निर्माणको काममा सबै एक ठाउँमा उभिनुपर्ने बताए । खानेपानी संस्थाका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सनमकुमार पौडेलले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे