दाङको चौपटामा ट्रक पल्टियो, दुई जना घाइते



दाङको चौपटामा ट्रक पल्टियो, दुई जना घाइते

दाङ १७ साउन । दाङको घोराही-लमही सडकखण्डको चौपटामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

ट्रकका चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राम प्रसाद तिमल्सिनाले जानकारी दिए । घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ । साथै घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे