गढवाका सहकारीहरुले अनुदानको मल बिक्री वितरण नगर्ने



गढवाका सहकारीहरुले अनुदानको मल बिक्री वितरण नगर्ने

शिबराज पन्थी, गढवा ३ पुस ।

गढवा गाउँपालिकामा अनुदानको राशायसनिक मल बितरणको अख्तियारी पाएका सहकारी संस्थाहरुले निर्देशिकाले तोके बमोजिमको दररेटमा अनुदानको राशायनिक मल बिक्री वितरण गर्न नसक्ने भएको बताएका छन् । युवा कृषि सहकारी संस्था गढवा–५ को आयोजनामा सहकारी संजाल गढवाका अशोक केसीको उपस्थितीमा हालै बसेको १३ वटै सहकारी संस्थाहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको समन्वय समितिका संयोजक नारायण भुसालले जानकारी दिए ।

कृषि सामाग्री संस्थानले यसअघि प्रतिबोरा १३२ रुपिया खरिदको दरमा बढाएर बिक्री गर्ने ब्यवस्था मिलाएको थियो भने अहिले प्रतिबोरा ६४ रुपिया मात्र बढाएर बिक्री गर्ने आदेश दिएको छ । उक्त दररेटमा सहकारी संस्थालाई लोड अनलोड,ढुवानीभाडा,गोदाम भाडा, कर्मचारी तलब र शेयर लाभांसमा समेत पर्ता नखाने बरु उल्टै घाटा ब्यहोर्नुपर्ने भएकोले अनुदानको मल बितरण गर्न नसक्ने बताएका छन् ।

अहिले खादको मुल्य पनि बढेको छ । नविकरण शुल्क ५ सयबाट एकहजार ५ सय भएको छ भने धरौटी रकम पनि १ हजार २ सय बाट बढाएर ५० हजार पुरयाएको छ । यस्तो अबस्थामा तोकिएको निर्देशिका बमोजिम राशायनिक मल बिक्री वितरण गर्न कुनै पनि हलतमा नसकिने सहकारी संस्थाहरुले बताएका छन् ।

यसअघि कृषि सामाग्री संस्थानले प्रतिबोरा युरीया ७५३।५०,डिएपि २२०३।५० र पोटास १६०३.५० रुपैयाँमा उपलब्ध गराउदै आएको र धरौटी जम्मा १ हजार २ सय लिने गरेको थियो भने अहिले राशायनिक मलको दररेट बढाएर प्रतिबोरा युरीया ८१६।–डिएपि २२६६ र पोटास १६६६ पु¥याएको समन्वय समितिका संयोजक नारायण भुसालले बताए ।

यसअघि गढवा गाउँपालिकाका बिभिन्न वडाहरुमा कार्यक्षेत्र रहनेगरि १३ वटा कृषि सहकारी संस्थाहरुले सरकारले उपलब्ध गराउने अनुदानको मल बिक्री वितरणको अख्तियारी गाउँपालिकाबाट पाएका थिए । अब यी सहकारीहरुले मलखाद बिक्री नगर्ने भएपछि गढवा गाउँपालिका क्षेत्रका किसानहरु समस्यामा पर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे