LISTEN LIVE RADIO

लगातार ३ विद्यार्थीको दूर्घटनामा मृत्यू पछि दाङमा विद्यार्थी लक्षित सवारी चेक जाँचमा कडाई



लगातार ३ विद्यार्थीको दूर्घटनामा मृत्यू पछि दाङमा विद्यार्थी लक्षित सवारी चेक जाँचमा कडाई

दाङ ३ पुस । मंसिर अन्तिम साता लगालग तीन जना विद्यार्थीको सवारी दूर्घटनामा मृत्यु भएपछि दाङमा विद्यार्थी लक्षित सवारी चेकजाँचमा कडाई गरिएको छ । दूर्घटनामा मृत्यु भएका तीन विद्यार्थी कसैसंगपनि सवारी चालक अनुमति पत्र फेला नपरेपछि प्रहरीले बिशेष गरि प्लस टू लक्षित सेवारी चेकजाँचलाई तीव्रता दिएको हो ।

लाइसेन्स विना नै मोटरसाईकल चलाउनेहरु प्रायजसो टिनएजर्स हुने गरेको पाइएपछि विद्यार्थी लक्षित बिशेष अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । मंसिर अन्तिम सातामा लाइसेन्स नभएका तीन विद्यार्थीको लगातार मोटरसाईकल दूर्घटनामा मृत्यु भएको थियो ।

त्यस लगतै मंसिर ३० गतेबाट दाङ प्रहरीले (टिनएजर्स) विद्यार्थी लक्षित चेकजाँच सुरु गरेको डिएसपी खड्काले बताए । यो चार दिनको अवधिमा ३४ जना कारवाहीमा परेका छन् । तुलसीपुर र घोराहीमा गरि २७ जना मोटरसाईकल चालक र ७ वटा स्कूटर चालकलाई कारवाही गरिएको डिएसपी खड्काले जानकारी दिए ।

त्यसरी नियन्त्रणमा लिइएका मोटरसाईकल चालक र उनका अभिभावकलाई कार्यालयमा बोलाएर प्रहरी अधिकारी तथा ट्राफिक प्रहरीले कक्षा दिने गरिएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालयमा ३४ जना विना लाइसेन्स सवारी चलाउनेहरु र उनीहरुका अभिभावकलाई संगै राखेर प्हरीले कक्षा लिएको छ । त्यसपछि उनीहरुलाई फेरि यस्तो गल्ति नदोह¥याउने प्रतिबद्धता गराई, आर्थिक जरिवाना गरेर मात्रै छोडिएको डिएसपी खड्काले बताए ।

अभिभाबकलाई लाइसेन्स नपाउँदै किन छोरा छोरीलाई मोटरसाईकल÷स्कूटी किनिदिएको भन्ने प्रश्न प्रहरी अधिकारीहरुले सोध्ने गरेका छन् । लाइसेन्स नपाउँदै सवारी चलाउँदा हुन सक्ने जोखिम तथा कारवाहीको बारेमा अवगत गराएपछि धेरैले अब आफ्ना छोरा छोरीले लाइसेन्स पाएपछि मात्रै चलाउन दिने प्रतिबद्धता जाहेर गरेको प्रहरी अधिकारीले बताएका छन् । सञ्तानको रहर पुरा गर्ने नाममा उनीहरुको जीवन नै जोखिममा पार्ने काम अभिभावकले गर्न नुहुने डिएसपी खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे