LISTEN LIVE RADIO

देउखुरीकाे राप्ती गाउँपालिका किसानलाई अनुदानमा च्याउको बीउ वितरण



देउखुरीकाे राप्ती गाउँपालिका किसानलाई अनुदानमा च्याउको बीउ वितरण

तिर्थराज ज्ञवाली, मसुरीया ३ पुस ।

देउखुरीकाे राप्ती गाउँपालिकाका बिभिन्न वडाका किसानलाई अनुदानमा च्याउको विउ वितरण गरिएको छ । ७५ प्रतिशत अनुदानामा शुक्रवार कन्ये च्याउको विउ वितरण गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले किसानलाई विउ हस्तान्तरण गरेका हुन ।

विउको माग गरेका १७ जना किसानलाई ४ सय ग्रामको १ हजार ७ सय ६३ प्याकेट विउ वितरण गरेको कृषि विकास अधिकृत महेश अधिकारीले जानकारी दिए ।

राप्ती गाउँपालिका कृषि शाखाले च्याउ खेतिका लागि कृषकलाई आब्हान गरि छनौटमा परेका कृषकलाई च्याउको विउ वितरण गरेको हो । विउ वितरण गर्दै अधिकृत रिजालले प्राप्त च्याउको बिउबाट उल्लेख्य लाभ लिने गरि काम गर्न किसानलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे