LISTEN LIVE RADIO

जय गुरूबाबा कृषि सहकारीको १३ औं वार्षिक साधारणसभा



जय गुरूबाबा कृषि सहकारीको १३ औं वार्षिक साधारणसभा

सिसहनियाँ २३ मंसिर । जय गुरूबाबा कृषि सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका ७ बड्का सिसहनियाँको १३औं वार्षिक साधारणसभा शुक्रबार सिसहनियाँमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष भिमबहादुर चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम चौधरीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रगति प्रतिवेदन संस्थाकी सचिव सनिमा चौधरी र आर्थिक प्रतिवेदन संस्थाकी व्यवस्थापक कविता चौधरीले प्रस्तुत गरेका थिए । सभामा उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले सहकारीबाट भने अनुसारको ऋण पाए आफुहरूले व्यवसायीक रूपमा गाई, भैंसी, बाख्रा पालन गर्न सकिने बताएका थिए ।

त्यस्तै उनीहरूले सहकारी मार्फत सहज तरिकाले मल तथा बिउबिजनको पनि माग गरेका छन् । कृषि सहकारी बचत तथा ऋण प्रवाह मात्र नगरेर कृषकहरूको क्षेत्रमा पनि काम गर्न सुझाव दिएका छन् । सो अवसरमा संस्थाका निर्वतमान अध्यक्ष शान्ता चाैधरी, शेयर सदस्यहरू रामस्वरूप चाैधरी, सुरजमणी चाैधरी, तारादेवी चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाकी उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक कविता चौधरीले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे