जाल्पा लघु वित्तद्वारा स्वर्गीय सुनारको परिवारलाई ५ लाख ५० हजार बिमा रकम हस्तान्तरण



भालुवाङ ८ वैशाख । जाल्पा सामुदायिक लघु वित्त वित्तीय संस्था शाखा कार्यालय भालुवाङले शुक्रबार बिमा रकम हस्तान्तरण गरेको छ ।

संस्थाले एक कार्यक्रमको आयोजना गरि भालुवाङका स्वर्गीय गुमीदेवी सुनारको परिवारलाई ५ लाख ५० हजार बिमा रकम हस्तान्तरण गरेको छ । संस्थाका अनुगमन प्रमुख रमेश अधिकारीले स्वर्गीय सुनारका श्रीमान रंगबहादुर सुनारलाई सो बिमा वाफतको रकम हस्तान्तरण गरेका छन् । स्वर्गीय गुमीदेवी सुनारको गत फागुन ७ गते असमाहिक निधन भएको थियो ।

राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का अध्यक्षतामा भएको कार्यक्रम संस्थाका भालुवाङ शाखा प्रबन्धक पार्वती गिरी, पत्रकार ओमप्रकाश गुप्ता लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रमको सञ्चालन संस्थाका अनुगमन प्रमुख रमेश अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे