LISTEN LIVE RADIO

गढवाका १३ वटा सहकारीलाई मलखाद बिक्रीको अख्तियारी



गढवाका १३ वटा सहकारीलाई मलखाद बिक्रीको अख्तियारी

शिबराज पन्थी, गढवा १४ मंसिर ।

गढवा गाउँपालिकाका १३ वटा कृषि सहकारी संस्थाहरुले किसानहरुलाई मलखाद बिक्रीगर्न पाउने अख्तियारी पाएका छन् । किसानहरुलाई गाउँगाउँमा मलखादको सहज आपुर्तीका लागि गाउँपालिकाले यस्तो ब्यवस्थापन गरेको बताइएको छ ।

सरकारद्धारा गत भदौ १ मा जारी गरिएको अनुदानको मल वितरण ब्यवस्थापन निर्देशिका-२०७७ बमोजिम स्थानीय सरकारले तोकेका कृषि सहकारी, फर्म तथा कम्पिनीहरुले अनुदानको मलखाद बितरण गर्न पाउने ब्यवस्था रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा सुचिकृत भएका सहकारी संस्था र फर्महरु मध्ये १३ वटा सहकारीले चालु आर्थिक बर्षका लागि मलखाद बितरण गर्न पाउने भएका हुन । जस मध्ये धानखोला कृषि सहकारी संस्थाले गढवा गाउँपालिका हालको वडा नं. १ को पुरै भाग, समान कृषि सहकारी संस्थाले वडा नं. २ अन्तर्गत साबिक गोबरडिहा गाबिसको वडा नं.४ मा, साना किसान सहकारी संस्थाले साबिक गोबरडिहा ५ र ६ मा तथा पृथ्वी कृषि सहकारी संस्थाले वडा नं. ३ को खैराटोल बाहेक बाँकी रहेको सबै क्षेत्र र आधारशिला कृषि सहकारी संस्थाले साबिक गंगापरस्पुर गाबिस ३ र ५ मा मलखाद बितरण गर्न पाउने निणर्य गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

यसै गरि सालझुण्डि कृषि सहकारी संस्थाले साबिक गंगापरस्पुरको १, २ र गोबरडिहाको खैराटोल, अन्नपुणर् कृषि सहकारी संस्थाले साबिक गंगापरस्पुरको ८ र ९ मा, युवा कृषि सहकारी संस्थाले साबिक गंगापरस्पुर ७ र सागर कृषि सहकारी संस्थाले साबिक गंगापरस्पुर ४ र ६ मा मलखाद वितरण गर्न पाउने भएका छन् ।

यसै गरी पौष्टिक कृषि सहकारी संस्थाले साबिक गढवा गाबिसको २,३ र ४ मा,जनसहभागिता उपभोक्ता सहकारी संस्थाले साबिक गढवाको १, ५ र कोइलाबास गाबिसमा,परि कृषि सहकारी संस्थाले साबिक गढवा गाबिसका ८ र ९ मा तथा प्रभावकारी कृषि सहकारी संस्थाले साबिक गढवा गाबिसका ६ र ७ मा मलखाद बिक्रीवितरण गर्न पाउने अख्तियारी पाएको गाउँपालिकाले जनाएको छ । छनोटमा परेका सबै सहकारीहरुले यथाशिघ्र गाउँपालिकाबाट सिफारिस लिई कृषि सामाग्री संस्थान घोराहीबाट इजाजत लिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे