उल्टो साईकल यात्री पाण्डेलाई स्वतन्त्र पत्रकार  प्रदेश समितिले बिशेष सम्मान गर्ने



उल्टो साईकल यात्री पाण्डेलाई स्वतन्त्र पत्रकार  प्रदेश समितिले बिशेष सम्मान गर्ने

दाङ १४ मंसिर । मेची-महाकाली उल्टो साईकल यात्री बिरेन्द्र पाण्डेलाई स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितीले बिशेष सम्मान गर्ने भएकाे छ । स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितीकाे शनिबार दाङकाे नारायणपुरमा भएकाे बैठकले समितीका  निवर्तमान केन्द्रिय कोषाध्यक्ष एवं किर्तिमानधारी पाण्डेलाई  बिशेष सम्मान गर्ने निर्णय गरेकाे हाे ।

ठकले संघको स्थापनामा पाण्डेले खेलकाे भुमिकाको कदर गर्दै बिशेष सम्मान गर्न लागेको बैठकपछि प्रदेश सचिव बिन्दु घिमिरेले जानकारी दिइन् । पाण्डेले स्वतन्त्र पत्रकार संघका नाममा मेची-महाकाली उल्टो साईकल यात्रा गरेका थिए । समितिका अध्यक्ष बिष्णुकुमार देवकोटाको अध्यक्षतामा बसेको बैठककाे सहजीकरण संघका प्रदेश सचिव विन्दु घिमिरेले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे