आर्थिक विकासको महत्वपूर्ण माध्यम कृषि सहकारी हो : मुख्यमन्त्री केसी



आर्थिक विकासको महत्वपूर्ण माध्यम कृषि सहकारी हो : मुख्यमन्त्री केसी

सिसहनियाँ २३ मंसिर । सत्गाैंवा कृषि सहकारी संस्था लिमिटेड गढवा गाउँपालिका २ गढवाको १० औं बार्षिक साधारणसभा बिहीबार राप्ती गाउँपालिका ६ पत्थरगढवामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष खड्गबहादुर चाैधरीकाे अध्यक्ष्यता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीकाे प्रमुख आथित्यता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आथित्यतामा सम्पन्न भएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री केसीले सहकारी आर्थिक विकासको महत्वपूर्ण माध्यम भएको बताउँदै उत्पादन मुलक क्षेत्रमा लगानी गरी मुलुकलाई आत्मनिर्भर तर्फ लैजानु पर्ने बताएका छन् ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले छरिएर रहेकाे पुँजीलाई एकीकृत गरि नागरिकको जीवन स्तर उकास्न सहकारी संस्थाकाे उल्लेखनीय भुमिका रहेकाे बताउँदै समृद्ध पालिका बनाउन उत्पादनमा जाेड दिनु पर्ने बताएका छन् ।

साे अबसरमा आर्थिक वर्ष २०७८/०७९ को कुल शेयर पुँजी २१ लाख १६ हजार ३ सय र कुल बचत निक्षेप ७२ लाख ७० हजार ८ सय ४ रुपैयाँ तथा लगानी १ कराेड ११ लाख २९ हजार ८ सय ४५ रहेको बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै लगानीबाट १३ लाख ७० हजार २ सय ६५ रुपैयाँ व्याज आम्दानी भएको छ । भने बार्षिक शुद्ध नाफा ४ लाख ४ हजार ४ सय २४ रुपैयाँ मध्ये २५ प्रतिशत जगेडा काेषमा राखी बाँकी ३ लाख ३ हजार ३ सय १८ रुपैयाँ नाफा रहेको समेत जानकारी गराईएकाे थियाे ।

६०४ जना शेयर सदस्य रहेको त्यस सहकारीले सदस्यहरुलाई वित्तिय सेवा अलावा समुदायको आर्थिक विकास तथा सामाजिक न्यायको सन्दर्भमा प्रभावकारी ढंगले काम गरिरहेको बताईएकाे छ।

संस्थाकी उपाध्यक्ष माया चाैधरीकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा पूर्व सांसद रुक्मिणी चाैधरी, संस्थाका सल्लाहकारहरू कमल नारायण चाैधरी, बामदेव चाैधरी, गणेश कुमार चाैधरी, लेखा समिति संयाेजक कुन्न नारायण चाैधरी, वडा नं. ७ का पूर्व वडा अध्यक्ष विद्याशरण चाैधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव रामप्रसाद चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे