विप्लव सहित चार साना पार्टीद्धारा संर्घषका कार्यक्रम घोषणा



विप्लव सहित चार साना पार्टीद्धारा संर्घषका कार्यक्रम घोषणा

दाङ १० साउन । संसद बाहिरका साना चार कम्युनिष्ट पार्टीले अमेरिकी सहयता परियोजना (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)विरुद्ध आन्दोलन घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरेर नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरुले घोषणा गरेको कार्यक्रममा साउन १३ गते देशव्यापी कोणसभा घोषणा, १५ मशाल जुलुस र २१ गते प्रदेश तथा काठमाडौंमा विरोध प्रदर्शन गर्ने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे