लिटिल एन्जलका विद्यार्थीहरूले धान रोपेर दिवस मनाए



लिटिल एन्जलका विद्यार्थीहरूले धान रोपेर दिवस मनाए

भालुवाङ १५ असार । दाङ‌को राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको लिटिल एन्जल स्कूलका विद्यार्थीले बुधबार धान रोपेर १९ अाैँ राष्ट्रिय धान दिवस मनाएका छन् ।

विद्यालयले करिव ५० जना विद्यार्थीहरूलाई नजिकैको राप्ती गाउँपालिका २ बराखुट्टी स्थित एक खेतमा लगेर धान रोपण गराएको हो । धान दिवसले विद्यार्थीहरुमा थप सिकाइ भएको शिक्षिका गिता गिरीले बताएकी छिन् ।

स्कूलका शिक्षक गोविन्द पाैडेल, शिक्षिका रिता केसी र गिता गिरीको विशेष उपस्थिति रहेको थियोे । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे