पढाइ लेखाइ‌मा व्यस्त हुने वि‌द्यार्थी धान रोपाईमा



पढाइ लेखाइ‌मा व्यस्त हुने वि‌द्यार्थी धान रोपाईमा

सिसहनियाँ १५ असार । पढाइ लेखाइमा व्यस्त रहने वि‌द्यार्थीहरु बुधबार एकाएक खेतमा देखिए । देउखुरीको राप्ती गाउँपालिका वडा ७ स्थित सिसहनियाँ देखी पत्थररगढवा जोड्ने सडक छेउमा रहेको सर्वोदय माध्यमिक वि‌द्यालयको आफ्नै जग्गामा सोही वि‌द्यालयका कृषि बाली विज्ञान कक्षाका वि‌द्यार्थीहरुले धान रोपाइ गरेका छन् ।

करिब १० कठ्ठा जग्गामा वि‌द्यार्थी र शिक्षकहरू मिलेर धान रोपाई गरेका हुन् । १९ औं राष्ट्रिय धान दिवसको अवसर पारेर ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूको अभ्यास शिक्षणको प्रयोगात्मक धान रोपाइ कार्यक्रम सम्पन्न गरिएको हो । विद्‌यार्थीहरुलाई प्रयोगात्मक अभ्यासको माध्यमबाट धान खेतीमा दक्ष बनाउन धान रोपाइ गरिएको बाली विज्ञान संयोजक ईश्वर अधिकारीले जानकारी दिएका छन् ।

धान रोपाई कार्यक्रममा शिक्षक, विद्यार्थी गरि ५२ जनाको सहभागिता रहेको थियो । धान रोपाई कार्यक्रममा वि‌द्यालका प्रधानाध्यापक गोविन्दबहादुर केसी, कृषि प्रशिक्षकहरू अनुप मरासिनी, गिता गिरी, बसन्त खनाल, हाैसला बस्नेत, शिवा रावत, सर्जु प्रसाद चौधरी, प्रकाश पौडेल र सन्तोष भारती लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे