तुलसीपुरमा वडाध्यक्षको चर्को असन्तुष्टि, निरन्तर कार्यक्रम बहिष्कार



तुलसीपुरमा वडाध्यक्षको चर्को असन्तुष्टि, निरन्तर कार्यक्रम बहिष्कार

तुलसीपुर ३० जेठ । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो कार्यपालिका बैठक सहज ढँगले सञ्चालन हुन सकेन । सुविधाजनक बहुमत रहेको एमालेले गठबन्धनलाई लेखा समिति बाहेक कुनै समितिको पनि जिम्मेवारी नदिएपछि गठबन्धनका ९ वडाध्यक्षहरुले सामुहिकरुपमा कार्यपालिका बैठक बहिष्कार गरे । ‘हामीलाई बहुमतका आधारमा पेल्न खोजियो, एकलौटी निर्णय गरियो त्यही भएर हामीले बहिष्कार गरेका हौं’ काँग्रेसबाट निर्वाचित वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले भने ।

कार्यपालिका बैठक पश्चात हालसम्म पनि कुनै छलफल नभएपछि गठबन्धनबाट निर्वाचित अध्यक्षहरु आक्रोशित भएका छन् । ‘हामीले नगरपालिका मातहतका सबै कार्यक्रमहरु बहिष्कार गरिरहेका छौं’ वडाध्यक्ष शाहले भने ।

वडाध्यक्ष शाहका अनुसार पालिकाले आयोजना गरेका कार्यक्रमहरु निरन्तर बहिष्कार गरेका छन् । ‘हिजो बालबालिकाको र आज विपद्को कार्यक्रम बहिष्कार गरेका हौ ।’ उनले भने ‘अब कार्यपालिका बैठकमा पनि जाँदैनौ ।’

समस्याको समाधानका लागि छलफल गर्नुको साटो बेवास्था गर्दै हिडेपछि आफुहरु यस्तो कदम चाल्न बाध्य भएको गठबन्धनका वडा अध्यक्षहरुले बताएका छन् । अस्तित्व रक्षाका लागि कार्यक्रम बहिष्कार गरेको बताउँदै वडाध्यक्ष शाहले केहि दिनमै सामुहिकरुपमा पत्रकार सम्मेलन गरेर आफ्ना धाराना सार्वजनि गर्ने बताए ।

सहमतिका लागि पहल भइरहेको छ  : कार्यबाहक मेयर वली
तुलसीपुर उपमहानगरपालिका कार्यबाहक मेयर माधव वलीले सहमतिका लागि प्रयास थालिएको बताए । तुलसीपुरलाई राम्रो र हाम्रो बनाउनकै लागि सबै वडाध्यक्षहरु जनताबाट निर्वाति भएर आएकाले स्थानीय सरकारको नीति र विधिलाई टेकेर अगाडि बढ्ने बताए । सहमतिको वातावरण बनाउन वडा अध्यक्षहरुसंग छलफल सुरु गरेको बताउँदै २/४ दिनभित्रमा ठोस निकास निकाल्ने कार्यबाहक मेयर वलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे