देउखुरीमा असिनापानीले बालीनालीमा क्षती, चिसो बढ्यो



देउखुरीमा असिनापानीले बालीनालीमा क्षती, चिसो बढ्यो

भालुवाङ २३ पुस । दाङको देउखुरीमा आज बेलुका परेको असिना पानीले तरकारी तथा अन्नबालीमा क्षेती पु¥याएको छ । बेलुका ५ बजे देखि पर्न सुरु गरेको असिना पानीले खेतवारीमा लगाएको तोरी, गहुँ, मसुरो, चना तथा तरकारी बालीमा नोक्सानी पुगेको मौरीघाटका कृषक तथा शिक्षक बुद्धिमान चौधरीले जानकारी दिनु भएको छ ।असिना पानीले बालीमा क्षति पुर्‍याएपछि किसानहरु चिन्तित बनेका छन् ।

कुनै ठाउँमा बाक्लो असिना परेको थियो भने कुनै ठाउँमा मध्यम असिना पानी परेको किसानहरुले बताएका छन् । क्षतीको विवरण आउने क्रम समेत जारी रहेको छ । असिना पानी परेपछि चिसो समेत ह्वात्तै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे