राप्तीको विभिन्न वडामा गठित कृषक समुहका सदस्यहरूलाई प्लाष्टिक टनेल र मकै रोप्ने हाते औजार वितरण



राप्तीको विभिन्न वडामा गठित कृषक समुहका सदस्यहरूलाई प्लाष्टिक टनेल र मकै रोप्ने हाते औजार वितरण

भालुवाङ १३ पुस । नामसालिङ सामुदायीक विकास केन्द्रको परियोजना कार्यालय दाङले राप्ती गाउँपालिका दाङका विभिन्न वडामा गठित कृषक समूहका सदस्यहरुलाई जलवायु अनुकूलित कृषि प्रविधि सहयोग कार्यक्रम अनुरूप प्लास्टिक टनेल तथा मकै रोप्ने हाते औजार वितरण गरेको छ।

समूहमा आवद्ध कृषकहरुलाई बेमौसमी/जलवायु अनुकूलित तरकारी उत्पादन गर्नेलाई १५ थान प्लास्टिक टनेल तथा श्रम मैत्री मकै उत्पादन गर्ने उद्देस्यले ४ थान हाते औजार वितरण गरिएको छ।

राप्ती गाउँपालिका सँगको साझेदारी तथा विकास कोष नर्वे को आर्थिक सहयोगमा सञ्चालित एकीकृत सामूदायिक विकास परियोजना मार्फत वितरण गरिएका ती सामग्रीहरू पूर्ण अनुदानमा प्रदान गरिएको कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे