दाङका ७ जनामा कोरोना पुष्टि, ५ जना निको



दाङका ७ जनामा कोरोना पुष्टि, ५ जना निको

दाङ ५ कार्तिक । दाङमा आज थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको पिसिआर परिक्षण गर्दा ४ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित हुनेहरुमा घोराहीका पाँच र तुलसीपुरका दुई जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैगरी वितेको २४ घण्टामा पाँच जना कोरोना मुक्त भएका छन् ।

मुक्त हुनेमा तुलसीपुरका चार र घोराहीका एक जना रहेको केन्द्रको भनाई छ । आज थपिएका ७ जना सहित अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ३१ जना रहेको छ । ति मध्य २६ जना घरमा, ५ जना आईसीयूमा रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे