दाङमा बुधबार थप ३ जना कोरोना संक्रमितको मृत्यु



दाङमा बुधबार थप ३ जना कोरोना संक्रमितको मृत्यु

घोराही ९ बैशाख । दाङमा बुधबार (आज) थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिकाका २ जना र तुलसीपुर १ का एक जना कोरोनाका विरामीको मृत्यु भएको हो । जसमध्ये दुई जनाको संस्थागत आईशोलेशन र १ जना होम आईशोलेशन बसेका कोरोना विरामीको मृत्यु भएको छ ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत घोराही उपमहानगरपालिका वडा नंम्वर ४ का ६५ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै होम आईशोलेशनमा बसेका घोराही १० का ४० वर्षिय पुरुषको होम आईशोलेनमै मृत्यु भएको हो ।

उता तुलसीपुरको मेट्रो अस्पतालमा उपचाररत तुलसीपुर ४ का एक ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । योसंगै बैशाख महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे