LISTEN LIVE RADIO

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो



इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

काठमाण्डाै २२ पुस । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । आज बिहान भएको खेलमा सिटी १–० गोलले विजयी भएकाे हाे ।

सिटका रियाद महारेजले खेलको ६३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सिटीको १७ खेलमा ३९ अङ्क भएको छ । सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्सनलको १७ खेलमा ४४ अङ्क छ । पराजित चेल्सीको १७ खेलमा २५ अङ्क छ । चेल्सी अङ्क तालिकाको १० औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे