LISTEN LIVE RADIO

युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न रुसलाई टर्कीको आग्रह



युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न रुसलाई टर्कीको आग्रह

टर्कीले रुसलाई युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न आग्रह गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा भैरहेको आक्रमण रोक्न तथा युद्धविरामको घोषणा गर्न आग्रह गरका हुन् ।

टर्कीले संयुक्त राष्ट्र सङ्घको सहयोगमा यसअघि पनि दुई चरणको शान्ति वार्ताको मध्यस्थता गरी ब्ल्याक सी हुँदै खाद्यान्न आपूर्तिलाई सहज बनाउने सम्झौता गर्न दुवै पक्षलाई सहयोग गरेको थियो ।

एर्दोगानले पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्तिका लागि शिखर सम्मेलनको प्रयास पनि गरेका छन् । एर्दोगानले रुसमाथि पश्चिमा प्रतिबन्धमा सामेल हुन अस्वीकार गरेर पुटिनसँग राम्रो सम्बन्ध कायम राख्न सफल भएका छन् ।

साथै टर्कीमा एक प्राकृतिक ग्यास भण्डारण केन्द्र स्थापना गर्ने अस्थायी योजना समेत रहेको छ । एर्दोगानको कार्यालयले यो परियोजना जतिसक्दो चाँडो कार्यान्वयन हुने विश्वास समेत व्यक्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे