बोनम्यारो पिडित सगुनलाई गुरुङ राष्ट्रिय परिषदबाट ६१ हजार बढी रकम सहयोग



बोनम्यारो पिडित सगुनलाई गुरुङ राष्ट्रिय परिषदबाट ६१ हजार बढी रकम सहयोग

दाङ १९ चैत्र । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निबासी २१ वर्षीया बोनम्यारा पिडित सगुन गुरुङलाई गुरुङ राष्ट्रिय परिषदले ६१ हजार ३ सय ८१ रुपैयाँ नगद सहयोग गरेको छ । जसमा पिपरी इकाईबाट २८ हजार ३ सय ३५ रुपैयाँ र लालमटिया इकाईबाट ३३ हजार ४६ रुपैयाँ गरी ६१ हजार ३ सय ८१ रुपैयाँ रहेको छ ।

सो रकम बोनम्यारो पिडित सगुनकी आमा सरिता गुरुङलाई गुरुङ राष्ट्रिय परिषद लुम्विनी प्रदेशका अध्यक्ष खुमबहादुर गुरुङले उक्त रकम हस्तान्तरण गर्नु गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा गुरुङ राष्ट्रिय परिषद दाङ जिल्ला महासचिव चन्द्र तमु, दाङ जिल्ला कोषाध्यक्ष तथा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी इकाई अध्यक्ष खिमबहादुर तमु लगायतको उपस्थिति रहेको थियो ।

विगत डेढ महिना देखि उपचाररत सगुनको शरीरमा रगत उत्पादन नहुने र अरुले चढाएको रगतले काम नगर्ने हुँदा तत्काल बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्नेमा पेटमा समस्या थप हुँदा यहि फागुन ६ गते देखि आईसियुमा भर्ना गरिएको छ। सगुनको उपचार सिभिल अस्पताल पुलचोक ललितपुरमा वरिष्ट चिकित्सक डा. विशेष पौडेलले गरिरहेका छन् ।

परिवारको आर्थिक अवस्था निकै कमजाेर भएको तथा उपचारका निम्ति १५ देखि २० लाख सम्म खर्च लाग्ने भएको हुँदा बुबा जगत गुरुङले सहयोग गरिदिन हुन सबैमा अनुरोध गरेका छन्। सहयोग गर्न चाहने इच्छुक सहयोगीले एन आइसी एसिया बैकको खाता नम्बर L २८७९६५८८१६५२४०१ तथा बुबा जगतबहादुर गुरुङकाे माेबाइल नम्बर ९८४७८९३५७५ , अन्कल लुमबहादुर गुरुङ ९८६३११८९८६ मा सम्पर्क गरि सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे