LISTEN LIVE RADIO

अमेरिकाकाे राष्ट्रपति चुनाबमा ट्रम्पलाई पछि पर्दै बाइडेनको ४३ राज्यमा जित



अमेरिकाकाे राष्ट्रपति चुनाबमा ट्रम्पलाई पछि पर्दै बाइडेनको ४३ राज्यमा जित

काठमाडौं २० कार्तिक । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

आज विहान आएको ५० राज्यको नतिजा अनुसार ट्रमपलाई पछि पर्दै बाइडेन ४३ राज्यको नतिजामा अगाडि देखिएका छन् । चुनावको अन्तिम नतिजा आउन बाँकी छ । कुल ५ सय ३८ इलेक्टोरल सिटमध्ये बाइडेनले २ सय ४३ र ट्रम्पले २१४ सिट प्राप्त गरिसकेका छन् ।

जितका लागि २ सय ७० सिट आवश्यक पर्छ । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा बाइडेनले जित हात पारेका छन् । एरिजोना र नेभाडामा बाइडेन नै अगाडि देखिएका छन् ।

जर्जिया र नर्थ क्यारोलाइनामा भने ट्रम्प अगाडि रहेका छन् । अलास्कामा पनि ट्रम्प नै अगाडि देखिएका छन्। अब पेन्सेल्भेनियाको मत निर्णायक मानिएको छ ।

पेन्सेल्भेनिया नजितामा पनि अब एरिजोना र नेभाडा गरी बाइडेनलाई चुनाव जित्न पुग्नेछ । नतिजापछि अमेरिकाले ५८ औं राष्ट्रपति पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे