दाङका १० वटै पालिकामा अक्सिजन सहितको बेड निमार्ण  गरिदैँ



दाङका १० वटै पालिकामा अक्सिजन सहितको बेड निमार्ण  गरिदैँ

दाङ २०  कार्तिक । पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा दाङका १० वटै पालिकामा ५ देखि १० बजडेको अक्सिजन सहितको (आइसोलेसन) बेड निर्माणको कार्य थालिएको छ।

संघीय सरकारले प्रत्येक पालिकालाई १० लाखका दरले बजेट समेत पठाएको छ । दाङका १० पालिका मध्ये कुनैमा आइसोलेसन बेड निर्माणको कार्य थालिएको र कुनैमा निर्माण भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले बताए ।

उनले दंगीशरणमा अक्सिजन सहितको ५ बेडको आइसोलेसन निर्माण भइसकेको जानकारी दिँदै अन्य पालिकामा पनि निर्माण गरिने बताए । तुलसीपुर उपमहानगरपालिकाले भने ५ बेडको आइसीयु बडे नै निर्माण गर्ने भएको छ ।

दाङमा अहिले प्रदेश सरकारले स्थापना गरेको बेलझुण्डी आइसोलेसन अस्पतालमा मात्र ५ बेडको आइसियु बडे रहेको छ । कोरोना संक्रमित बढ्दै जाँदा यो आइसीयु बेड अपुग हुनसक्ने भन्दै तुलसीपुरले राप्ती प्रादेशिक अस्पतालमा ५ बडेको आइसीयु निर्माण थालेको तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन विमल केसीले बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारी जयनाराण आचार्यले जिल्लामा कोरोना नियन्त्रणका लागि थप कदमहरु चालिएको बताए । ‘कोरोना नियन्त्रणका लागि जिल्लाका सरकारवाला निकायसँग भर्खर मात्र छलफल पनि भएको छ’, उनले भने ।

‘थप आइसियु बेड निर्माणदेखि जनचेतना जगाउने कार्यक्रम गरिने छ।’ समुदायमा संक्रमण थप नफैलियोस् भन्ने उद्देश्यले संक्रमितले आइसोलेसनमा रहंदा अपनाउनु पर्ने स्वास्थ्यका मापदण्डका वारेमा जनचेतना जगाउने, थप परिक्षण बढाउन र रिपोटिंङ गर्ने, उपचारकालागि आवश्यक आइसीयु बेडसँगै भेन्टिलेटर निर्माण गर्ने तयारी थालिएको आचार्यले बताए ।

कोरोना जोखिम छ सतर्क रहनुस्

कोरोना जोखिम रहेको भन्दै सरकारवाला निकायले नागरिकलाई थप सतर्क रहन आग्रह गरेका छन् । ‘कोरोना केहि होइन भन्ने होइन जोखिम तिब्र छ’ स्वास्थ्य कार्यालय दाङका प्रमुख आचार्यले भने ।

‘यो कुरा कोरोना लागेकालाई मात्र थाहा छ।’ उनले गाउँ-गाउँमा कोरोना पुगेकोमा चिन्ता ब्यक्त गर्दै आम नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे । ‘कोरोना फैलनुमा केही सरकारको निर्देशिकाले पनि काम गरेको होला’ । ‘तर नागरिक सचेत नबन्दा यो अवस्था आएको हो ।’

यस्तै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले स्वास्थ्य मापदण्ड अपनाउन प्रचार-प्रसार गरिहेको बताउँदै संक्रमणलाई नियन्त्रण गर्न कामहरु भइरहेको बताए ।

यस्तै तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन केसीले कोरोना टोलटोलमा पुगेको भन्दै एक चरणमा फेरी लकडाउन गर्नु पर्ने अवस्था आएको धारणा राखे । ‘कोरोना गाउँ-गाउँमा पुगेको छ, पछिल्लो समय जिल्लामा दैनिकजसो एक/दुई जनाको मृत्यु समेत भएको छ’, उनले भने ।,

‘यसलाई नियन्त्रण गर्न एक चरणको लकडाउन गर्न आवश्यक छ।’ उनले स्वास्थ्य मापदण्ड पालना हुन नसक्दा नै कोरोना जोखिम तिब्र भएको बताए । ‘यो अवस्था आउँछ भनेर हामीले पहिल्यै भनेको हो’ केसीले भने, ‘यस्तै हुने हो भने पछिको स्थिति थेग्न नसकिने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे