LISTEN LIVE RADIO

अमेरिकी दूतावासमा गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु



अमेरिकी दूतावासमा गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु

काठमाडाैँ १४ असार । साउदी अरबको जेद्दास्थित अमेरिकी बाणिज्य दूतावासमा गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । दोहोरो गोली हानाहानमा गम्भीर घाइते भएका वाणिज्य दूतावासका सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदारको मृत्यु भएको साउदीको मक्का प्रहरीले जनाएको छ।

सो क्रममा हतियारधारी आक्रमणकारीको पनि मृत्यु भएको छ। मृतक नेपालीको ठेगाना भने खुलेको छैन । गोली लागेर घाइते नेपाली सुरक्षा गार्डको निधन भएको साउदी प्रेस एजेन्सी एसपीएले जनाएको छ ।

जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास सन् २०१६ मा पनि निशानामा परेको थियो। अमेरिकी दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराउँदा आत्मघाती आक्रमणकारीको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे