LISTEN LIVE RADIO

महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक



महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक

काठमाडौं २३ माघ । महिला राष्ट्रिय लिग फुटबलको अन्तिम खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार लिगको दोस्रो चरणको खेलतालिका सार्वजनिक गरेको छ ।

जसमा लिगो अन्तिम खेल एपीएफ र आर्मीबीच हुने तय छ । फागुन ७ गते दशरथ रंगशालमा एपीएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । लिगको उपाधि जित्ने दाबेदार टोलीको रुपमा रहेका दुई टोली पहिलो चरणको खेलपछि पहिलो र दोस्रो स्थानमा छन् । पहिलो राउण्डमा एपीएफले आर्मीलाई २-० ले पराजित गरेको थियो । एपीएफले ६ खेलबाट १८ अंक जोड्दा आर्मीले समान खेलबाट १३ अंक जोडेको छ ।

७ टिम सहभागि लिगमा दोस्रो राउन्डको खेल शनिबारदेखि सुरु हुँदैछ । दोस्रो राउन्डको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चौदन्डगढी नगरपालिका उदयपुबीच प्रतिस्पर्धा हुनेछ । आर्मीले पहिलो राउन्डमा चौदन्डगढीलाई १२0० ले पराजित गरेको थियो ।

यस्तै एन्फाले दोस्रो चरणको खेलको समय पनि थोरै परिवर्तन गरेको छ । एकै दिन दुई खेल हुँदा मध्याह्न १२ बजे र ३ बजे खेल हुनेछ । यस्तै एउटा मात्र खेल हुँदा दिउँसो २ बजे खेल सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे