LISTEN LIVE RADIO

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका लागि दाङको टिम घोषणा



प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका लागि दाङको टिम घोषणा

दाङ २५ मङ्सिर । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्नका लागि दाङ जिल्लास्तरिय महिला क्रिकेट खेलाडीहरुको टिम घोषणा गरिएको छ ।घोराहीमा भएको जिल्लास्तरिय छनोट खेल तथा बन्द प्रशिक्षणबाट क्रिकेट खेलाडी शर्मीला रोकामगरको नेतृत्वमा १४ सदस्यीय महिला क्रिकेट टिम घोषणा गरिएको हो ।

घोषणा गरिएको टिममा रोकामगरसँगै खेलाडीहरु लक्ष्मी चौधरी, सरस्वती घर्तीमगर, रबिना चौधरी,मन्जु चौधरी, मधु डिसी, कमला घर्तीमगर, मिना बिक, बिवस्ना बिसी, आरती क्षेत्री, प्रभा चौधरी,समीक्षा भण्डारी, ओमकुमारी विक र सुहाना वली रहेका छन् । छनोट गरिएको टोलीको कप्तानमा शर्मीला रोकामगर र उपकप्तानमा लक्ष्मी चौधरी रहेका छन् ।

त्यसैगरी बैकल्पिक खेलाडीका रुपमा नगीता पुन, सन्ध्या पुन, सुशीला भट्टराई र अंशु पोख्रेललाई छनोट गरिएको दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिएका छन् । उनका अनुसार टिमको कोजमा केशव शर्मा अधिकारी र व्यवस्थापकमा नमीता नेपाली रहेका छन् ।

जिल्ला स्तरिय टिमले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता खेल्नका लागि लुम्विनी प्रदेशका विभिन्न जिल्लाहरुबाट छनोट भएका टिमहरुसँग प्रतिष्प्रर्धा गर्नेछ । तर प्रदेशस्तरिय छनोट खेल कहिले हुने भन्ने टुंगो लाग्न सकेको छैन ।

प्रधानमन्त्री कम महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता यहि आउने पुस ११ गतेदेखि देउखुरीको लमही क्रिकेट मैदानमा हुन थालेको संघ ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे