सल्यानमा बलात्कार आरोपित १६ वर्षिय बालक ८ वर्ष जेल चलान



सल्यानमा बलात्कार आरोपित १६ वर्षिय बालक ८ वर्ष जेल चलान

सल्यान ११ फागुन  । १४ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेका शारदा नगरपालिका वडा नं. १५ निवासी १६ वर्षीय बालकलाई १२ वर्षसम्म कैदमा राख्ने फैसला भएको छ । आरोपी नाबालिक भएकाले ८ वर्षसम्म जेलमा बस्नु पर्ने भएको छ ।

जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले बालकलाई अभियोग दावी पुगेको भन्दै १२ वर्ष कैदको फैसला गरेको अदालतका श्रेष्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए ।

तर, आरोपित बालक १८ वर्ष नपुगेकाले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३४ को उपदफा ४ बमोजिम ४ वर्ष कैद छुट भइ ८ वर्षको कैद सजाय भएको जिल्ला न्यायाधिवक्ता भीमसेन काफ्लेले बताए । उनले बालबालिकाको हकमा दुई तिहाइको सजाय कम भएका कारण ८ वर्ष कैद सजाय भएको जानकारी दिए ।

०७६ माघ १२ गते बालिका बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सल्यानमा ०७६ फागुन २० गते आरोपित विरुद्ध जाहेरी दर्ता गराएका थिए । आरोपितलाई ०७६ फागुन २९ गते अदालतको आदेशले बाल सुधार गृह नेपालगन्ज पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे