रुकुम पश्चिममा प्रहरीले गर्यो हवाई फायर



रुकुम पश्चिममा प्रहरीले गर्यो हवाई फायर

रुकुम पुस १० । सडकको विषयमा विवाद हुँदा स्थानीयबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाइ फायर गरेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–७, मेलैनाउलीका स्थानीयबीच झडप हुँदा सातजना घाइते भएका छन् ।

सडकको विषयमा विवाद हुँदा स्थानीय नेकपाका कार्यकर्ताहरूले घरेलु हतियार प्रयोग गरी कुटपिट गर्दा आफूहरू घाइते भएको पीडितहरूले बताएका छन् ।पुग्ने सडकखण्डलाई बेवास्ता गरी सोही नामको नजिकै अर्को सडक निर्माण गर्न थालेपछि विवाद भएको थियो ।

साविकको सडकमा ग्राभेलिङ गरिएको छ । १२ मिटरको बाटो अझ स्तरोन्नती गर्नुको साटो बेवारिसे छोड्नु गतल कार्य भएको स्थानीय खेमराज शर्माले जनाए । सडकको विषयमा तल्लो र माथिल्लो समूहबीच झडप भएको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए । उनका अनुसार दुई पक्षबीच झडप हुँदा सातजना घाइते भएका छन् ।

उनीहरुमध्ये दुईजना गम्भीर घाइते छन् । दुई समूहको झडपले चर्कोरुप लिन थालेपछि प्रहरीले एक राउण्ड हवाइ फायरसमेत गरेको थियो । यस समस्याका समाधानका लागि चौरजहारी नगरपालिका, कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको जिल्लागत कार्यालयमा निवेदन दिए पनि अहिलेसम्म उक्त विवाद समाधान हुन नसकेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे