अनेरास्ववियू दाङले घोराहीमा गर्यो बिरोध प्रर्दशन



अनेरास्ववियू दाङले घोराहीमा गर्यो बिरोध प्रर्दशन

घोराही १० पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू दाङको एक खेमाले आज घोराहीमा संसद विघटनको बिरोधमा प्रर्दशन गरेको छ । शहिद गेटबाट विरोध ¥याली सुरु गरी उमेशमार्ग रोड, दामोदर चोक, न्यूरोड हुदै घोराही चोकमा पुगेर कोणसभामा परिणत भएको छ ।

सरकारको सिफारीसमा राष्ट्रपतिले प्रतिनिधीसभाको विघटन गरि मध्यावधी चुनाबको घोषणा गरेपछि अनेरास्ववियूको एउटा खेमाले विरोध गरेको छ भने अर्को खेमाले ठिक भन्दै आएको छ ।

आज सोही समूहको एक खेमाले प्रतिनिधीसभा विघटन संविधान विरुद्ध भएको भन्दै पुनःस्थापनाको माग गर्दै प्रर्दशन गरेको हो । संविधानलाई मिचेर संसद विघटन गरि सरकारले असंबैधानिक कदम चालेको भन्दै विद्यार्थीहरुले चर्को विरोध गरेका हुन् ।

कोणसभामा विद्यार्थी नेताहरु भिमराज खरेल, गोपाल घर्ती, सन्तोष पोख्रेल, जंग रोका लगाएकाले सरकारले संसद विघटन गरेर गैरसंबैधानिक कदम चालेको भन्दै तत्काल संसद पुनःस्थापनको माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे