LISTEN LIVE RADIO

रेडियो उद्घोषण तथा समाचार बाचनमा ललितपुरकी सुजु लामा उत्कृष्ट छनौट



रेडियो उद्घोषण तथा समाचार बाचनमा ललितपुरकी सुजु लामा उत्कृष्ट छनौट

विरेन्द्र गिरी, भालुवाङ १७ मंसिर । एभ्रिडे न्यू म्यासेन्जर समुहद्वारा रेडियो उद्घोषण तथा समाचार वाचन कार्यक्रममा ललितपुरकी सुजु लामा उत्कृष्ट छनौट भएकी छिन् ।

२९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा पाल्पामा रहेका दृष्टिविहीन व्यक्तिहरूले सञ्चालन गरेको एभ्रिडे न्यू म्यासेन्जर समुह मार्फत आयोजना गरिएको रेडियो उद्घोषण तथा समाचार बाचनमा ललितपुरकी सुजु लामा कार्यक्रम सञ्चालनको तर्फबाट उत्कृष्ट छनौटमा परेकी हुन् ।

१२ जना प्रतियोगीहरुलाई पछि पार्दै लामा उत्कृष्ट कार्यक्रम प्रस्तोताको रुपमा छनौट भएकी हुन् । त्यसै गरी दोस्रो स्थानमा भक्तपुरका आशिष शर्मा कार्यक्रम सञ्चालन तर्फबाट , तेस्रो स्थानमा कृष्णबहादुर कार्की कार्यक्रम सञ्चालन तर्फबाट र चौथो स्थानमा आशिष अधिकारी समाचार बाचनबाट छनौटमा परेका छन् ।

समुहका संस्थापक अध्यक्ष लिलाराज ताम्रकारको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय पुर्व अध्यक्ष धर्मेन्द्र झाँको प्रमुख आतिथ्यतामा प्रतियोगितात्मक कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय अध्यक्ष मित्रलाल शर्मा, देउखुरी टुडेका मुख्य समाचारदाता विरेन्द्र गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रविसा चौधरीले कार्यक्रमबारे जानकारी गराएकी थिइन् । कार्यक्रमको निर्णायकमा नेपाल पत्रकार महासंघका पुर्व सचिव तथा त्रिभुवन विश्व विद्यालयका पुर्व प्रध्यापक जगत नेपाल, रेडियो देउरालीका कार्यक्रम प्रमुख रुद्रमणी भुसाल रहेका थिए । स्मृती बिसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्जु सहासीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे