LISTEN LIVE RADIO

पर्वतमा मलामी बोकेको जीप दुर्घटना हुँदा १७ जना घाइते



पर्वतमा मलामी बोकेको जीप दुर्घटना हुँदा १७ जना घाइते

पर्वत २४ बैशाख । पर्वतमा मलामी बोकेको जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । ग २ च ५२१३ नम्बरको जीप कुश्मा नगरपालिका १० पहिरेमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् । घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये अमन परियार र माने परियारलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए । कुश्मा नगरपालिका-१३ खौलालाँकुरीका विष्णु परियारको उपचारका क्रममा ज्यान गएपछि शव जिम्मा लिन आउँदा जीप दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे