LISTEN LIVE RADIO

पत्रकार महासंघ रौतहटमा झा, मुस्ताङमा थकाली र एशोसिएट प्रदेश अध्यक्षमा पराजुली विजय



पत्रकार महासंघ रौतहटमा झा, मुस्ताङमा थकाली र एशोसिएट प्रदेश अध्यक्षमा पराजुली विजय

काठमाडौं २५ चैत्र। नेपाल पत्रकार महासंघको रौतहट शाखाको निर्वाचनमा प्रेमचन्द्र झा अध्यक्षमा विजयी भएका छन् ।  यस्तै उपाध्यक्षमा प्रवीणकुमार शर्मा, महिला उपाध्यक्षमा रजनी ठाकुर, सचिवमा मदन ठाकुर, सहसचिवमा सञ्जय सहनी निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्षमा धमेन्द्रकुमार साह र महिला सदस्यमा विना राउत निर्वाचित भएका छन् ।

यस्तै नेपाल पत्रकार महासंघ मुस्ताङको अध्यक्षमा शुन्दर कुमार थकाली निर्वाचित भएका छन्। बुधबार भएको निर्वाचनमा थकालीले १४ मत पाएर निर्वाचित भएका हुन् । उनी संयुक्त प्यानलबाट उमेदवार बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सुनदेवी रसाइलीले १२ मत ल्याएर पराजित भएकी छन् । त्यसैगरी उपाध्यक्षमा दुर्गादेबी रसाइलीले १४ मत पाएर निर्वाचित भएकी छन् ।

उनका प्रतिद्वन्द्वी आइतेलाल थकालीले ११ मत पाएका थिए । महिला तर्फको उपाध्यक्षमा तिष्णा गौचनले १४ मत पाएर विजयी भएकी छन् । प्रतिद्वन्द्वी सम्झना थकालीले ११ मत पाएकी थिइन् । त्यसैगरी सचिवमा सुशिलबावु थकाली (१४), सहसचिवमा समावेशी आदित्य रसाइली (१४), सहसचिवमा सरस्वती ल्वागुन (१४) ,कोषाध्यक्षमा फुलकुमारी नेपाली (१४) र केन्द्रीय परिषद सदस्यमा चन्द्रश्वर बास्ताकोटी (१५) मत ल्याएर निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ मुस्ताङमा कुल २८ जना मतदाता रहेका छन् ।

यता नेपाल पत्रकार महासंघ एशोसिएट प्रदेश अध्यक्षमा बैकुण्ठराज पराजुली निर्वाचित भएका छन् । पराजुलीले ३९९ मत प्राप्त गर्दै अध्यक्षमा जीत हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी डिबी खड्काले २७५ भोट पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे