LISTEN LIVE RADIO

भोजपुरमा आगलागीबाट चार घर जलेर नष्ट, क्षतिको विवरण आउन बाँकी



भोजपुरमा आगलागीबाट चार घर जलेर नष्ट, क्षतिको विवरण आउन बाँकी

भाेजपुर १३ चैत्र । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन्।बिहीवार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगलागीबाट हतुवागढी गाउँपालिका-८ का अर्जुन राई, कञ्चन राई, शान्तकुमारी राई कालीबहादुर राईको घर र गोठ जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेका प्रहरीले जनाएको छ ।आगलागीबाट भएकाे क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे