LISTEN LIVE RADIO

विप्लव नेतृत्व नेकपाका नेता वीरजंग सर्वोच्चको आदेशमा रिहा लगत्तै संखुवासभाबाट फेरि पक्राउ



विप्लव नेतृत्व नेकपाका नेता वीरजंग सर्वोच्चको आदेशमा रिहा लगत्तै संखुवासभाबाट फेरि पक्राउ

संखुवासभा। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता चन्द्रबहादुर चन्द विरजंगलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले फेरि पक्राउ गरेको छ ।

संखुवासभा हिरासतमा रहेका वीरजंगलाई अदालतको आदेशमा रिहा गरेलगत्तै अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । उनलाई सुनसरी लैजाने तयारी भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीस हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानकोको इजलासले उनलाई आज रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चले वीरजंगलाई पवृत्त भावनाबाट प्रेरित भइ गैर कानुनी थुनामा राखिएको ठहर गर्दै रिहा गर्न आदेश दिएपनि रिहा लगत्तै उनलाई प्रहरीले फेरि पक्राउ गरेको छ ।

सर्वोच्च अदालतकै आदेशमा भोजपुर भोजपुर कारागारबाट भदौ ९ गते रिहा भएका वीरजंगलाई पक्राउ गरेर संखुवासभा लगिएको थियो । संखुवासभाबाट पनि रिहा भएलगत्तै उनलाई पक्राउ गरेर फेरि सुनसरी लान थालिएको हो ।

नेता वीरजंगसहित नेकपाका २१ जना नेता–कार्यकर्तालाई प्रहरीले गत असोज ३० गते दाङबाट पक्राउ गरेको थियो । अन्य २० जना भने यसअघि नै रिहा भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे