LISTEN LIVE RADIO

कोरोना रोकथाम तथा नियन्त्रणका क्षेत्रमा भएका कामबारे संसदीय उपसमितिको अनुगमन तिब्र



कोरोना रोकथाम तथा नियन्त्रणका क्षेत्रमा भएका कामबारे संसदीय उपसमितिको अनुगमन तिब्र

काठमाडौं, २६ भदौ ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारी निकायबाट भएका कामबारे अनुगमन तिब्र पारेको छ ।

काठमाडौं उपत्यकामा अनुगमन गर्ने क्रममा संयोजक जीवन राम श्रेष्ठ नेतृत्वको उपसमितिले आज सशस्त्र प्रहरी अस्पताल , बलम्बु र मनमोहन मेमोरियल अस्पताल आईसोलेसन, दहचोकको अनुगमन गरेको छ ।

सुरुमा उपसमितिले सशस्त्र प्रहरी अस्पताल बलम्बुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा त्यहीँ सञ्चालनमा रहेको कोभिड अस्पताललाई थप उचित ब्यवस्थापन गर्न उपसमितिका संयोजक श्रेष्ठले निर्देशन दिदै अस्पतालमा स्वास्थ्यकर्मी लगायतका मानव श्रोतको कमी रहेकाले सरकारसँग पहल गर्ने आश्वासन दिए ।

त्यसपछि निजी क्षेत्र अन्तर्गत मनमोहन मेमोरियल अस्पताल , दहचोकमा सञ्चालनमा रहेको आइसोलेसन केन्द्र अनुगमन गरेको थियो । उक्त आइसोलेसनमा देखिएका कमिकमजोरीहरु लाई तुरुन्त सुधार गरि उचित ब्यवस्थापन गर्न उपसमितिले निर्देशन दिएको छ ।

साथै प्रतिव्यक्तिलाई उपलब्ध गराईने रकम कम भएको गुनासो आएपछी संयोजक श्रेष्ठले त्यसका लागि सरकार तथा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने बताएका छन् ।

अनुगमनको क्रममा देखिएका कमिकमजोरी तथा ल्याब र क्वारेन्टाइनका समस्यालाई छिटै समाधान गरि चुस्त दुरुस्त सेवा प्रवाह गरि कोभिड १९ लाई पराजित गर्न सबै निकायलाई उपसमितिले निर्देशन दिएको छ ।

साथै सरकारलाई समेत छिटो भन्दा छिटो समन्वय गर्न निर्देशन दिने संयोजक श्रेष्ठको भनाई छ । हिजो मात्रै उपसमितिले टेकु प्रयोगशाला, स्वास्थ्य सेवा विभाग, भक्तपुरको क्वारेन्टाइन,मध्यपुर ठिमी नगरपालिकामा रहेको कोरियन मैत्री नगरपालिका अस्पतालको अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे