दाङका शरद अधिकारी सहित चार जना पत्रकार प्रेस काउन्सिलको सदस्यमा  नियुक्त



दाङका शरद अधिकारी सहित चार जना पत्रकार प्रेस काउन्सिलको सदस्यमा  नियुक्त

काठमाण्डौ,१४ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दाङका पत्रकार शरद अधिकारी सहित चार जना पत्रकारलाई नेपाल प्रेस काउन्सिलको सदस्यमा नियुक्त गरेको छ ।

मन्त्री पार्वत गुरुङको मन्त्रिस्तरीय निर्णयबाट नियुक्त भएका चारैजना सदस्यलाई काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले विहीवार औपचारिक रुपमा स्वागत गरेका छन् ।

सदस्य नियुक्त हुनेमा दाङका शरद अधिकारी छन् । अधिकारी दाङको घोराहीबाट प्रकाशित हुदै आएको राप्ती पोष्ट दैनिकका सम्पादक तथा प्रकाशक हुन । यस्तैगरी झापाका गणेश पोखरेल, कन्चनपुरका हरिप्रसाद जोशी, दोलखाका चिरन्जिवी मास्के हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे